Logo

प्रमुख समाचार

समाजवादी मोर्चा खारेज गरौँः विप्लव



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चा खारेजको प्रस्ताव गरेका छन् । मंगलबार नेकपा (एकीकृत समाजवादी)को कार्यालय आलोकनगरमा आफ्नै संयोजनमा बसेको बैठकमा विप्लवले मोर्चा खारेजीको प्रस्ताव गरेका हुन् ।

“चैत्र १५ गतेको कार्यक्रम निकै प्रभावकारी भयो । प्रतिगमन र यथास्थितिवादको विरुद्धमा भव्य कार्यक्रम भयो । त्यसपछि आ–आफ्नै व्यस्तताले मोर्चा गतिशील भएन । त्यसैले काम सकिएन भने किन राख्ने ? खारेज गरौँ भन्ने कुरा गर्नुभयो,” एक नेताले भने, “उहाँले नकारात्मकभन्दा पनि प्रभावकारी बनाऔँ भन्ने क्रममा भन्नुभएको हो ।”
बैठकले यसअघिको समीक्षा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चालाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको बताए ।

एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमालले दुई विषयमा छलफल भएको बताए । “समाजवादी ध्येय बोकेको दललाई मोर्चामा समावेश गर्दै जाने कुरा गरेको छ । समाजवादी मोर्चासँग सम्बन्धित कार्ययोजना परिमार्जन गरेर पारित भएको छ,” उनले भने ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार १९:५८   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।