काठमाडौं । नेपालले अगामी वर्ष इङ्ग्ल्याण्डमा आयोजना हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना गर्ने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले बिहीवार विश्वकपको ग्लोबल छनोट आगामी वर्ष जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा आयोजना हुने बताएको हो । ग्लोबल छनोटमा १० टोलीलाई सहभागीता रहने छ ।
सहभागी १० टाेलीलाई दुई समूहमा विभाजन गरिनेछ ।
बंगलादेश र आयरल्याण्डले सन् २०२४ को महिला टी-२० विश्वकपमा सहभागिता जनाएका कारण ग्लोबल क्वालिफायरका लागि स्वतः छनोट भएका छन् ।
एशिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भएका छन् भने अमेरिका क्षेत्रबाट अमेरिकाले स्थान पक्का गरिसकेको छ ।
अफ्रिका र युरोपबाट दुई-दुई तथा इस्ट एसिया-प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जुन आ–आफ्नो क्षेत्रीय छनोटपछि टुंगो लाग्नेछ ।
समूह चरणपछि सुपर सिक्स चरण र अन्तिममा फाइनल खेल हुनेछ ।
विश्वकप १२ जुन देखि ५ जुलाई २०२६ सम्म चल्नेछ, जसमा २४ दिनमा ३३ खेलहरू ओल्ड ट्राफर्ड, हेडिंगले, ह्याम्पशायर बाउल र ब्रिस्टल काउन्टी ग्राउन्डसहित सात स्थानहरूमा खेलिनेछन् ।




















प्रतिक्रिया