Logo

मनोरञ्जन

टिकटकद्वारा कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक



काठमाडौं । टिकटकले २०२५को पहिलो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ । आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउन गरेको निरन्तरको प्रतिबद्धताअनुरुप उक्त रिपोर्ट सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्म आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टहरू पत्ता लगाएर त्यसलाई हटाउन आफूले उठाएका सक्रिय कदमहरूको विवरण राखेको छ ।

सन् २०२५ को पहिलो त्रैमासिकमा नेपालमा मात्र टिकटकले १८,७६,५६३ वटा भिडिओहरू हटाएको छ । नेपालमा सक्रिय रूपमा हटाइएका भिडिओको दर ९९.६ प्रतिशत रह्यो, जसमा ९७.८ प्रतिशत भिडिओहरू २४ घण्टाभित्रै हटाइएका थिए ।

विश्वव्यापी रूपमा टिकटकले यो त्रैमासिकमा २११ मिलियन भिडिओहरू हटाएको छ जुन यस प्लेटफर्ममा अपलोड गरिएको कुल कन्टेन्टको करिब ०.९ प्रतिशत हो । हटाइएका भिडिओमध्ये, १८४,३७८,९८७ वटा भिडिओ अटोमेटेड डिटेक्सन प्रविधि प्रयोग गरेर हटाइएका थिए, जबकि ७,५२५,१८४ भिडिओ थप समीक्षा गरेपछि पुन:स्थापित गरिएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार १६:२४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।