काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष जनसम्पर्क तथा पार्टी नेतृत्व र नागरिकबीच खुला संवादको संस्कार विकास गर्ने उद्देश्यका साथ खुला आँगन कार्यक्रम प्रारम्भ गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा आज अपराह्न ४ बजेबाट सुरु हुने उक्त कार्यक्रमबारे जानकारी दिँदै पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले यसले जनतामाझ प्रत्यक्ष सम्पर्क, सुझाव सङ्कलन तथा राष्ट्र निर्माणसम्बन्धी विभिन्न विषयमा बहस, छलफल र संवादलाई प्रोत्साहन गर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा आज अपराह्न ४ बजेबाट सुरु हुने उक्त कार्यक्रमबारे जानकारी दिँदै पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले यसले जनतामाझ प्रत्यक्ष सम्पर्क, सुझाव सङ्कलन तथा राष्ट्र निर्माणसम्बन्धी विभिन्न विषयमा बहस, छलफल र संवादलाई प्रोत्साहन गर्ने बताएका छन्।
आजको प्रारम्भिक कार्यक्रममा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महामन्त्री बुर्लाकोटी, सहमहामन्त्री विपिनकुमार आचार्य, सहप्रवक्ता रमेश प्रसाई लगायत नेताहरूको सहभागिता रहनेछ । कार्यक्रममा उपस्थित सबैलाई आफ्ना विचार, सुझाव र जिज्ञासा राख्न आग्रह गरिएको छ ।




















प्रतिक्रिया