काठमाडौं । विगतमा गुण्डागर्दीमा संलग्न भएको आरोप लागेका चक्रे मिलन (मिलन गुरुङ)को समूहबाट प्रहरीले खुकुरी र रड बरामद गरेको छ ।
बुधबार राति काठमाडौंको बाँसबारीस्थित होटल साम्बालामा चक्रे मिलनको समूह जम्मा भएको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भद्रकालीको संयुक्त टोलीले निगरानीपछि छापा हानेको हो । घटनास्थलबाट चक्रे मिलनसहित ४७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार समूहले प्रयोग गर्दै आएको एक गाडीबाट २ थान खुकुरी र केही संख्यामा फलामका रड फेला परेका छन् । प्रहरी प्रवक्ता एसपी काजिकुमार आचार्यका अनुसार ती हतियारहरू पक्राउ परेकाहरूले आफ्नो सुरक्षाको लागि राखिएको दाबी गरेका छन् ।
यसअघि चक्रे मिलनलाई स्कर्टिङ गर्दै भिडमा गाडी लावालस्करसहित सडक अवरुद्ध गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले निगरानी कडा पारेको थियो । हाल पक्राउ परेका सबैलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया