काठमाडौं । सामसङले नेपालमा नयाँ पुस्ताको स्मार्टवाच, ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ । यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोडेको छ । दिनभरि लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको छ ।
ग्यालेक्सी वाच८ अझ पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्र्याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेनसरसहित जडित छ। यसले सुत्ने समयको सल्लाह दिने सुविधा ल्याएको छ । जसले सर्केदीयन् रिदमको विश्लेषण गरेर ताजगीको साथ उठ्न सक्छन् । यसमा रहेको रनिंग कोचले प्रयोगकर्ताको दौडने अभ्यासमा वास्तविक समयमा सुझाव दिई प्रदर्शन सुधार गर्न सहयोग गर्छ।
साथै, करोडेनोइड लेभल छिटो जाँच्न सकिने भएकाले स्वस्थ जीवनशैली र उमेरसँग सम्बन्धित निर्णयहरू सजिलै लिन सकिन्छ ।
अब जेमिनी एआईको सहायताले ग्राहकले वाचलाई भोइस कमान्ड दिएर नियन्त्रण गर्न सक्छन् । सामसङ हेल्थ जस्ता एपहरूबाट अपडेट पाउने, मेसेज पठाउने वा व्यायाम सुरु गर्ने जस्ता सबै काम स्वाभाविक आवाज आदेशमार्फत, हात नचलाइ नै गर्न सकिन्छ । ग्यालेक्सी वाच८ले अबको स्मार्ट वाच अनुभवलाई अझ व्यक्तिगत, सहज र स्वास्थ्यकेन्द्रित बनाएको छ ।
ग्यालेक्सी वाच८ सिरिज आफ्नो सुलभ र आकर्षक डिजाइनमार्फत आफ्नो उत्कृष्ट पहिचान बनाउँछ । पहिलेभन्दा झनै पातलो, हलुका र हातमा सहज लाग्ने बनावटले यसलाई लामो समयसम्म लगाउन उपयुक्त बनाएको छ । यसमा प्रयोग गरिएको मेटलको फ्रेम र स्किनलाई नझ्याप्ने ब्यान्डले आरामदायक अनुभव दिन्छ । यो वाचको मिनिमलिस्ट शैली व्यायामदेखि अफिस मिटिङसम्मका सबै पहिरनमा सुहाउँछ । यो स्टाइलिस र लगाउँदा एकदमै सहज लाग्छ ।
यो ग्यालेक्सी वाच ८ क्लासिक सेतो रङको ४६ एमएम साइजको मूल्य ७४ हजार ९९९, ग्यालेक्सी वाच ८ ग्राफिट कलरमा ४० एमएम साइजको ५४ हजार ९९९ र ४४ एमएम ग्राफिट र सिल्भर कलरको ५९ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया