Logo

प्रमुख समाचार

सप्तरीमा प्रहरीले गोली चलायो, २ जना पक्राउ



काठमाडौं । प्रहरीले सप्तरीमा गोली चलाएको छ । प्रहरीले हवाइफायर गरेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज राय छन् ।

उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको प्रहरीले बताएकाे छ । प्रहरीका अनुसार उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आईतवार १२:२४   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।