Logo

प्रमुख समाचार

संघीय निजामती सेवा विधेयक: प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी, समितिको बैठक बिहानैदेखि जारी



काठमाडौं । संघीय निजामती सेवा विधेयकमा देखिएको त्रुटिको छानबिनका लागि बनेको विशेष समितिको बैठक आज बिहान ७ बजेदेखि जारी छ। समितिले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गर्ने तयारी गरेको छ ।

त्यसैले प्रतिवेदनलाई अन्तिम रुप दिने काम भइरहेको समितिका सभापति जीवन परियारले जानकारी दिए ।

गत २३ असारमा बनेको समितिको म्याद हिजो साउन १८ गते सकिए पनि हिजोको बैठकको निरन्तरतामा आज छलफल जारी राखिएको हो। समितिमा सभापति जीवन परियारसहित कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरू छन्।

विधेयकमा रहेको ‘२ वर्ष कुलिङ पिरियड’ सम्बन्धी प्रावधानको भाषा स्पष्ट नभएको भन्दै छानबिन समिति बनेको थियो ।

छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार सभापति छन् भने कंग्रेसका सांसद र सुशीला थिङ सदस्य छन् । नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार १०:२८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।