Logo

रोजगार

खुल्यो कोरियन भाषा परीक्षाको आवेदन, कति छ कोटा?



काठमाडाैं । ईपीएस कोरिया अन्तर्गत ग्वार्को शाखाले सन् २०२५ का लागि नयाँ परीक्षा र कोटा निर्धारण गरेर सूचना प्रकाशित गरेको छ ।

सन् २०२५ मा कृषि र उद्योग क्षेत्रका लागि ५ हजार ३०० जना कामदारको कोटा निर्धारण गरिएको छ ।

जसमा कृषि क्षेत्र अन्तरगत ३५०० र उद्योग क्षेत्रमा १८०० जना इपीएस भाषा उत्तीण गरेर कोरिया जाने बाटो खुल्नेछ । सूचनाअनुसार एक व्यक्तिले एक क्षेत्रमा मात्र फर्म भर्न पाउनेछन् ।

परिक्षाका लागि आवेदन फारम २०८२ साउन २६ गतेदेखि ३१ गतेसम्म तोकिएको छ । परिक्षा तालिका भने पछि प्रकाशित गरिने इपिएस शाखा ग्वार्कोले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार १६:५३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।