Logo

अन्तर्राष्ट्रिय

ट्रान्सजेन्डर महिलालाई महिला खेलकुदका लागि अमेरिकी भिसा नदिने निर्णय


२० श्रावण २०८२, मंगलवार १३:३१  

69 Shares

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ट्रान्सजेन्डर महिलाहरूलाई महिला खेलकुदमा भाग लिन भिसा नदिने निर्णय गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवाद्वारा जारी नयाँ नियमअनुसार, अब ट्रान्सजेन्डर महिलाहरू महिला खेलकुदका लागि अमेरिका प्रवेश गर्न अयोग्य ठहरिनेछन् ।

यो नयाँ नियम अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश ‘पुरुषहरूलाई महिला खेलकुदबाट बाहिर राख’ भन्ने आदेशका आधारमा बनाइएको हो ।

आफ्नो लिङ्ग पहिचान परिवर्तन गरेका पुरुष खेलाडीहरूलाई महिला खेलकुदमा भाग लिन अमेरिका प्रवेश गर्न अनुमति नदिइने यस आदेशमा भनिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार १३:३१   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।