Logo

प्रमुख समाचार

राजनारायण महतोले कक्षा १२ मा नेपाल टप भएको दाबी



विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजमा अध्ययनरत विद्यार्थी राजनारायण महतोले कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्ड परीक्षामा नेपाल टप गरेको विद्यालयको दाबी छ ।

विद्यालयका अनुसार, विज्ञान संकायका महतोले ३.९६ जीपीए प्राप्त गर्दै देशभरमै सर्वाधिक अंक ल्याउने विद्यार्थी बनेका हुन् ।

कलेजका प्राचार्य भुवन नेपालले राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको नतिजामा ४.० जीपीए कसैले नल्याएको पुष्टि भइसकेको बताए ।

“हालसम्म प्राप्त विवरणअनुसार ३.९६ भन्दामाथि कसैको जीपीए देखिएको छैन,” प्राचार्य नेपालले भने, “विज्ञान संकायमा राजनारायण महतोले नेपाल टप गरेका छन् ।”

कलेजको ९४ प्रतिशत विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएको नेपालले बताए ।

कलेजले विज्ञान, व्यवस्थापन र होटेल म्यानेजमेन्ट संकाय सञ्चालन गरिरहेको जनाइएको छ ।

गत वर्ष पनि कान्तिपुरकी आयुषा कार्कीले परीक्षामा ४.०० जीपीए ल्याएको नेपालले बताए ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार २१:५८   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।