Logo

मनोरञ्जन

चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक



काठमाडौं । भदौ ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीबार क्युएफएक्स सिभिल मलमा एक समारोहको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा प्रमुख कलाकार केदारप्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, शारदा गिरीलाई चित्रण गरिएको छ ।

मिस पबीलाई टेलिभिजन प्रस्तोताको रुपमा देखाइएको छ । कोमल वलीलाई न्यायाधीशको रुपमा छोटो झलकमा देखाइएको छ । समग्रमा ट्रेलर केदारकै वरपर घुमेको छ ।

मुनाल घिमिरेद्वारा निर्मित र ऋषि लामिछानेद्वारा निर्देशित चलचित्रलाई नरेन्द्र मैनालीले खिचेको हुन् ।

फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको बताइएको छ ।

 

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १४:१९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।