Logo

शिक्षा

विद्यालय शिक्षा विधेयक: शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव



काठमाडौं । विद्यालय शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्याङ्कनको न्यूनतम आवश्यक अंक घटाउने प्रस्ताव गरिएको छ । अब शिक्षकको मूल्याङ्कन गणनामा पाँच वर्षको औसत ८० प्रतिशत भए पुग्ने प्रस्ताव प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेश गरिएको हो ।

समिताको हालैको बैठकमा परामर्श उपसमितिले तयार पारेको सहमतिको प्रस्तावअनुसार, कार्यसम्पादन मूल्याङ्कन गणनाका क्रममा पछिल्ला पाँच वर्षको औसत ८० प्रतिशत पुर्‍याए पर्याप्त हुने व्यवस्था गर्न सुझाव दिइएको छ ।

यसअघि पाँच बर्षको कार्यसम्पादन मूल्याङ्कन औसतमा ९० प्रतिशत प्राप्त गरेको हुनुपर्ने थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १५:५६   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।