Logo

प्रमुख समाचार

जलविद्युत् क्षेत्रको बिमासम्बन्धी छलफल



काठमाडौं । नेपाल बिमा प्राधिकरणले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरूसँग छलफल गरेको छ । बिहीबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपन्डोलमा जलविद्युत् क्षेत्रको बिमासम्बन्धी समसामयिक विषयमा इप्पान, नेपाल बिमक संघ र पुनर्बिमा कम्पनीहरूबीच छलफल भएको हो ।

जलविद्युत् क्षेत्रको बिमामा देखिएका समस्या एवं चुनौती, इप्पानले उठाएका विषय र त्यससम्बन्धी नेपाल बिमक संघ तथा पुनर्बिमा कम्पनीहरूको धारणालगायत विषयमा छलफल गरी समाधान पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले जलविद्युत् क्षेत्रको बिमामा देखिएका कमी-कमजोरीहरूलाई सुधार गर्दै सेवालाई दिगो एवं राम्रो बनाउने र लागत न्यून गर्ने सन्दर्भमा पहल सुरु गरिएको बताए ।

सुवेदीले इप्पानले उठाएका जलविद्युत् क्षेत्रको बिमा सम्बन्धी विषयहरूलाई प्राधिकरणले गम्भीर रूपमा लिएको उल्लेख गर्दै जलविद्युत् र बिमा व्यवसाय सँगसँगै सेवा पनि भएकाले यस सम्बन्धी समस्याको समाधानका लागि सन्तुलित बिन्दु खोज्नुपर्ने बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १९:४०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।