काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख राम पुकार साहविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले नगर प्रमुख साहलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनीमाथि वडा नम्बर ६ मा नाला निर्माण योजनाको काम सम्पन्न भएपछि भुक्तानी दिने क्रममा घुस मागेको उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा नगर प्रमुख राम पुकार साहले पक्की नाला निर्माणको कामको भुक्तानीका लागि सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस/रिसवत मागेर लिएको पुष्टि भएको आयोगको भनाई छ ।



















प्रतिक्रिया