Logo

सुरक्षा/अपराध

ट्रकको ठक्करबाट दुईजनाको मृत्यु



नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित सिस्नेपुलमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

नारायणघाटतर्फबाट कावासोतीतर्फ जाँदै गरेको ना५ख ८४१७ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको लु५५प ३१३४ नम्बरको स्कुटरलाई सिस्नेपुलमा ठक्कर दिएको थियो ।

स्कुटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिँदा उक्त स्कुटरमा सवार व्यक्ति र ट्रक चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

दुवैजनाको शव चितवनको भरतपुर अस्पतालमा राखिएको छ । उनीहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार २१:४६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।