Logo

प्रमुख समाचार

आजभन्दा भोलि धेरै वर्षा हुने



काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा नेपालमा वर्षाको सम्भावना रहेको छ । आज सातवटै प्रदेशमा वर्षाको सम्भावना छ ।

आजभन्दा भोलि धेरै वर्षाको सम्भावना छ । “आजभन्दा भोलि र पर्सि धेरै वर्षाको सम्भावना रहेको छ,” मौसमविद् डेबिड ढकालले बाह्रखरीसँग भने ।

आज ६ वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । भोलि भने धेरै भारी वर्षाको पनि सम्भावना रहेको उनले जानकारी दिए ।

“भोलि धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिएको छ,” मौसमविद् ढकालले भने ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेकोमा यो उत्तरतर्फ सर्दै जाँदै धेरै वर्षाको सम्भावना पनि बढ्दै जान्छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार ०८:३६   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।