Logo

खेलकुद

साम्बा म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसको ब्रान्ड एम्बासडर नियुक्त भएकी छिन् ।

साम्बा र म्याक्सिम्याक्सबीच तीन वर्षका लागि मंगलबार सम्झौता भएको हो ।

साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन दनैले सम्झौता पत्रमा हस्ताक्षर गरे । राष्ट्रिय टोलीबाट ६० खेलमा ६४ गोल गरेकी साम्बालाई म्याक्सीम्याक्ससँग जोड्न पाउँदा खुसी लागेको म्याक्सिम्याक्सले जनाएको छ ।

साम्बाले कुनै कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर बन्ने सपना धेरै अघिबाट देखेको र म्याक्सिम्याक्सले त्यसलाई पूरा गरिदिएकोमा धन्यवाद दिइन् । उनले यसले नयाँ पुस्तालाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का‌ महासचिव किरण राईले म्याक्सिम्याक्सलाई धन्यवाद दिँदै यसले अन्य खेलाडी पनि बाटो खुल्ने आशा राखेका छन् ।

इक्यानका अध्यक्ष शेषराज भट्टराईले साम्बा र म्याक्सिम्याक्सलाई सहकार्यका लागि शुभकामना दिए । निजी क्षेत्रबाट भएको पहलको तारिफ गर्दै नेपाल खेलाडी संघका अध्यक्ष विक्रम लामाले अन्य खेलाडीका‌ लागि बाटो खुल्ने आशा व्यक्त गरे ।

साम्बाले म्याक्सिम्याक्सको प्रबर्द्धनमा भूमिका निर्वाह गर्ने बताइएको छ ।

नेपाल एपिएफ क्लबबाट खेल सुरु गर्नु भएका साम्बाले इन्डियन वुमन्स लिगमा सेथु एफसी, गोकुलम केरलाबाट खेलिसकेकी छिन् । २०२२-२३ मा गोकुलमलाई इन्डियन वुमन्स लिगको उपाधि दिलाउदा १० खेलमा ३१ गोल गर्दै कीर्तिमान बनाएकी थिइन् ।

साम्बाले इजरायलको होपोइल रानानाबाट पनि खेलेकि थिइन् । उनी गत वर्ष फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पमा आबद्ध थिइन् ।

अब अस्ट्रेलियाको लिगबाट नयाँ यात्रा सुरु गर्न लाग्दा उनलाई म्याक्सिम्याक्सले साथ दिएको हो ।

अस्ट्रेलियाको मेलबर्नमा मुख्य कार्यालय रहेको म्याक्सिम्याक्स एजुकेशन अस्ट्रेलियामा विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिहरूमा सक्रिय रूपमा संलग्न रहेको छ । नेपालमा ललितपुरको कुमारीपाटी, चितवनको पर्सा र पोखराको चिप्लेढुंगामा म्याक्सिम्याक्सका शाखा रहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार १७:०३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।