Logo

प्रमुख समाचार

ओली, देउवा र प्रचण्डको बारेमा नबोलेकै बेस, बोल्नेको खैरियत छैन स् सांसद अमरेशकुमार



काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले तीन नेताहरूका विरुद्धमा देशमा बोल्नै नहुने परिस्थिति सिर्जना गरिएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

ठूला राजनीतिक दलका शीर्ष तीन नेताहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध बोल्नै नहुने स्थिति आएको बताए ।

उनले तीन शीर्ष नेताको बारेमा बोल्यो भने कोही अमरेश सिंह, कोही भीम रावल, कोही रवि लामिछाने र कोही रेशम चौधरी हुने उनको टिप्पणी छ ।

“अहिले तीनजनाको विरुद्धमा बोल्यो भने त्यसको खैरियत छैन । तीनवटा ठूला पार्टीका जुन तीन टाउका छन् ।

बोल्यो भने त्यसलाई कोही अमरेश सिंह हुन्छ, कोही भीम रावल हुन्छ । कति होलान्, होलान् । कोही रेशम चौधरी हुन्छ, कोही रवि लामिछाने हुन्छ ।

त्यसको दर्जनौँ फेहरिस्त गराउन सकिन्छ । साइबर सेक्युरिटीले त्यसमा एउटा इँट्टा थप्ने काम गर्दछ,” उनले भने ।

सरकार शिक्षा, सञ्चार, स्वास्थ्यको विकासमा लाग्नुपर्ने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १९:०८   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।