काठमाडाैं । लोक गायिका सुनिता दुलालले तीजकाे नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन् । तीज गीतमै आफ्नो छुट्टै पहिचान बनाएकी उनी ‘तीज क्विन’को रूपमा परिचित छिन् ।
शम्भुजित बास्कोटाको संगीतमा तयार भएको यस गीतको शब्द चिरञ्जिवी भट्टले लेखेका हुन् । रंगीन र रमाइलो माहोलमा तयार पारिएको म्यूजिक भिडियोमा अभिनेत्री एलिजा गौतम, शर्मिला मल्ल, हट्टी नट्टी, पुनम श्रेष्ठ, जयन सुब्बा मानन्धर र स्वयं गायिका दुलालको अभिनय रहेकाे छ ।
तेञ्जु योञ्जनको निर्देशनमा बनेको भिडियो ‘सुनिता दुलाल युट्युब च्यानल’ मार्फत सार्वजनिक भएको हो । गीतबारे बोल्दै दुलालले यसपटकको तीज गीतमा सांस्कृतिक रंग, परम्परा र आधुनिक प्रस्तुतीको मिश्रण रहेको बताइन् ।
‘नबोल अरुसँग’, ‘पियारी’, ‘यो रमाइलो तिजैमा’, ‘यसपाली नि खाने दर’, ‘चुरा टिका लाली’, ‘इच्छा पु¥याइदेउ’ र ‘नाचौं सरर’ जस्ता हिट गीतमार्फत चर्चा कमाइसकेकी दुलालको यो नयाँ प्रस्तुति पनि दर्शकले मन पराउने उनले विश्वास व्यक्त गरिन् ।





















प्रतिक्रिया