Logo

प्रमुख समाचार

नाउपा संसदीय दलका नेता गंगाराम चौधरी कारबाहीमा



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टीका संसदीय दलका नेता गंगाराम चौधरीलाई कारबाही गरेकी छन् ।

पार्टीको हितविपरीत काम गरेपछि चौधरीलाई संसदीय दलका नेताबाट हटाइएको कारबाही पत्रमा उल्लेख छ ।

पार्टी अध्यक्ष श्रेष्ठले उनलाई केन्द्रीय समिति पदाधिकारी सदस्य तथा पार्टी संसदीय दलको नेताको भूमिकामा समेत नरहने गरी कारबाही गरेकी हुन् ।

यसअघि, पार्टीको हितविपरीत काम गरेको विषयमा स्पष्टीकरण माग गरिए पनि नबुझाएकाले कारबाही गरिएको पत्रमा उल्लेख छ ।

“सो स्पष्टीकरण पेस गर्ने पत्रको जवाफस्वरूप तपाईंबाट प्राप्त भएको पत्रमा आफूलाई लागेको आरोपउपर स्पष्ट पार्नुको साटो उल्टै आरोपप्रत्यारोप गर्ने किसिमले पत्राचार गरेकोमा तपाईंले उक्त मिति साउन १६ मा दिएको स्पष्टीकरण सन्तोषजनक नभई अनुशासनविपरीत कार्य गरेकोमा किन कारबाही नगर्ने भनी पुनः स्पष्टीकरण पेस गर्न साउन १८ गते पुनः पत्राचार गरिएकोमा तपाईंबाट कुनै स्पष्टीकरण प्राप्त भएको छैन,” पत्रमा भनिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार २१:०६   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।