रुपन्देही । बाँकेको नेपालगन्जमा प्रहरीले लागूऔषध कारोबारीको टोलीलाई नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ ।
लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन बाँकेको नेपालगन्ज बसपार्कमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर एक जना लागूऔषधका कारोबारी घाइते भएका छन् भने उनीहरूको आक्रमणमा परेर एक जना प्रहरी घाइते भएका छन्।
घाइते लागूऔषध कारोबारी भारत बहराइचका कार्तिक कुमार हुन्। प्रहरीतर्फ घाइते हुने प्रहरी सहायक निरीक्षक नवीन शाही रहेका बाँके प्रहरीका एसपी रामप्रसाद घर्तीले जनाएका छन्।
लागूऔषधका कारोबारी नजिकै पुगेको प्रहरीमाथि चक्कु र सिसाको बोतल प्रहार गरेपछि प्रहरीले प्रतिकारमा गोली चलाउनु परेको बाँकृ प्रहरीका सूचना अधिकारी दीपक पातलीले जनाए । घाइतेलाई नेपालगन्जस्थित सञ्जीवनी अस्पतालमा उपचारका गरिएको छ भने लागूऔषध कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको छ। दिउसो १२ बजेपछि यो घटना भएको प्रहरीले जनाएको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीका अनुसार कारोबारी समाउन गएको प्रहरीमाथि आक्रमण भएपछि गोली चलाइएको हो । पक्राउ पर्नेमा दुई भारतीयसहित चार जना रहेका छन् । प्रहरीले उनीहरूसँग ठुलो परिणामको लागूऔषध पक्राउ गरेको छ ।



















प्रतिक्रिया