Logo

प्रमुख समाचार

रवि लामिछानेलाई नख्खु कारागार ल्याउने व्यवस्थापन विभागको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागार ल्याइने भएको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने हाल रूपन्देही कारागारमा थुनामा छन् । रविलाई नख्खु कारागार ल्याउन कारागार व्यवस्थापन विभागले निर्णय गरिसकेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

कारागार व्यवस्थापन विभागले निर्णय गरेर रुपन्देही कारागारमा पठाइसकेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए । रविले नै नख्खु कारागार बस्न माग गरेका थिए ।

“रवि लामिछानेलाई नख्खु कारागार ल्याउन कारागार व्यवस्थापन विभागले निर्णय गरिसकेको छ । विभागले निर्णय गरेर रुपन्देही कारागारमा पठाइसकेका छौँ,” महानिर्देशक शर्माले भने ।

अँध्यारो कोठामा मानव अधिकारका न्यूनतम मापदण्ड पनि पालना नगरेर राखिएको दाबीसहितका समाचार बाहिरिएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले साउन २६ मा रूपन्देही कारागारको अनुगमन गरेको थियो ।

आयोगको टोलीले रूपन्देही कारागारको अवस्था दयनीय रहेको निष्कर्ष निकालेको थियो । अदालतबाट आदेश हुँदासमेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको आयोगले‍ अनुगमनका क्रममा बताएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार २१:५१   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।