Logo

प्रमुख समाचार

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूचि



काठमाडौँ । सङ्घीय संसद् मातहतका पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ।

पूर्वाधार विकास समितिले वर्षाका कारण क्षतिग्रस्त भएका कोदारी राजमार्ग, रसुवागढी लगायतका सडकहरूको अवस्थाबारे छलफल गर्नेछ।

चाडपर्व नजिकिँदै गर्दा सडक यातायात र पूर्वाधार सम्बन्धी विषय पनि बैठकको एजेन्डामा रहेको छ।

यसै गरी, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार ०७:०८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।