Logo

प्रमुख समाचार

रवि लामिछानेको स्वास्थ्यमा समस्या, ट्रमाबाट पुगे चिकित्सक



काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । शनिबारमात्रै रुपन्देही कागारारबाट ललितपुरस्थित नख्खु कारागार ल्याइएका लामिछानेको शरीरको विभिन्न भागको छालामा समस्या देखिएको उपसभापति डीपी अर्यालले जानकारी दिए ।

सोमबार बिहान सभापति लामिछानेलाई भेट्न उपसभापति अर्याल नख्खु कारागार गएका थिए ।

उनले भने,’उहाँको शरीरमा समस्या देखिएको थियो । ट्रमा सेन्टरबाट चिकित्सक गएर चेकजाँच पनि गर्नुभएको छ । रिपोर्ट केही आएको छैन ।’

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार १७:२७   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।