Logo

बागमती प्रदेश

रामेछापको उमाकुण्ड गाउँपालिकामा एक पुरुष मृत फेला



काठमाडौँ । रामेछापको उमाकुण्ड गाउँपालिकामा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । उमाकुण्ड–६ स्थित खोल्सामा ४० वर्षीय प्रकाश सुनुवार मृत भेटिएका हुन् ।

सोमबार घर नजिकै खोल्सामा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कौशल न्यौपाने नेतृत्वको टिम घटनास्थलमा पुगेर त्यसबारे अनुसन्धान गरिरहेको छ ।

घटनास्थल सदरमुकाम मन्थलीबाट ७५ किलोमिटर टाढा पर्छ । घरबाट करिब १ सय मिटर पर सुनुवारको शव भेटिएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार २२:२०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।