Logo

अन्तर्वार्ता

पेट्रोलियम पदार्थको मूल्यवृद्धि स्वचालित प्रणालीमार्फत: पारदर्शिता नै हाम्रो लक्ष्य: आयल निगम कार्यकारी निर्देशक डा. भट्ट



काठमाडौं । देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने पेट्रोलीयम पदार्थ समय-समयमा अभाव हुने गरेको छ । अभाव हुन नदिन आयल निगमले पछिल्लो समय अपनाएका योजना र सम्पन्न गरेका कार्यहरुसँगै बिनापूर्वाधार अन्धाधुन्ध भित्रिएका इभि मोटरगाडिको आगमनले पेट्रोलीयम पदार्थको आपूर्ती तथा खपतको अवस्था भविश्यमा के हुन्छ भन्ने कुरा पनि चासोको विषय बनेको छ । यसै सन्दर्भलाई लिएर नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डीका प्रसाद भट्टसँग गरिएको कुराकानीको सम्पादित अंश:

यहाँको कार्यकाल कसरी अघि बढीरहेको छ ? विगतका समयमा के-कस्ता कामहरु सम्पन्न भए ?

म यहाँ आएको करीव डेड बर्ष पुरा हुँदैछ । यस बीचमा पेट्रोलीयम पदार्थको आपूर्तीमा सहजीकरण र प्रणालीको विकास गर्ने कार्यमै म महत्वकासाथ लागिपरेको छु। हामीसँग विभिन्न क्षेत्र जोडिएका छन्। कर्मचारीहरु, पम्प संचालकहरु, ग्यास ढुवानी गर्ने व्यक्तिहरु, डुवाली सवारी साधनहरु, पेट्रोलीयम पदार्थसँग जोडिएका पक्षहरु हुन् । यसबाहेक हरेक उपभोक्ताको जनजीवन हामीसँग प्रत्यक्ष जोडिने विषय हो । यी सबै पक्षसँग समन्वयन भएर हामी अगाडि बढ्नु पर्दछ । नेपाल आयल निगमले करीब पाँच दशक विताइसकेको अबस्था छ । यसबीचमा विभिन्न विवादका कारण यो क्षेत्र जस नपाउने ठाउँ पनि बनेको छ । तथापी पारदर्शीतालाई फोकश प्वाइन्टमा राखेर काम गर्ने हाम्रो लक्ष हो । म आइसकेपछिको अबस्थालाई हेर्ने हो भने कम्तिमा अहिले तेल हाल्न जाँदा लाइन बस्नुपेको अवस्था छैन । हाम्रो दायित्व भनेकै आम उपभोक्ताहरुलाई सहज तरीकाबाट पेट्रोलीयम पदार्थको आपूर्ती गर्नु हो । त्यसमाथि आयल निगमलाई नयाँ किसिमबाट अघि बढाउनका लागि हामीले नयाँ परियोजनाहरु संचालन गरेका छौँ । जसले गर्दा पेट्रोलीयम पदार्थको आपूर्तीलाई सहज बनाएको छ ।

नयाँ परियोजना भन्नुभयो, के-के परियोजना सम्पन्न भए र कुन-कुन सम्पन्न हुने तयारीमा छन् ?

हामीले सम्पन्न गरिसकेका परियोजना हेर्ने हो भने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धनको डिपो खडा गरेका छौं । अब केही समयमै संचालनमा आउने अबस्थामा छ । यसले पोखरा विमानस्थललाई संचालन गर्नका लागि पनि सहजता सिर्जना गर्छ भन्ने लाग्छ । दोस्रो कुरा भारतबाट पेट्रोलीयम पदार्थको आयात गर्दा असहज अबस्था थियो । अहिले हामीले पेट्रोल र डिजेल पाइपलाइनबाट आउन थालेको छ । पाइपलाइनको पूर्वाधार पूर्ण रुपमा सम्पन्न भएर संचालनमा आएपछि पेट्रोलीयम पदार्थको वितरण कार्यमा सहज भएको छ ।

पहिले एउटा ट्याङकर भारतबाट नेपालसम्म आउँदा तीन चार दिन लाग्ने थियो भने अहिले तीनचार मिनेटमै आउँछ । यसले गर्दा अबका दिनमा पेट्रोलीयम पदार्थको वितरण कार्यमा सहजता सृजना हुने छ । अर्को कुरा हामीले काम गर्ने कर्पोरेट कार्यालय निर्माण सम्पन्न गरेका छौं । हाम्रा कर्मचारीले सहज ढंगले सेवा सुविधा दिन पाएका थिएनन् । अहिले यसबाट कर्मचारीलाई काम गर्न सजिलो भएको छ ।

पेट्रोलीयम पदार्थ भण्डारणमा समस्या हुँदै आएको छ । यसलाई लिएर हामीले पेट्रोलीयम पदार्थको भण्डारण क्षमता पनि बढाउने काम गरेका छौं । अहिलेको अबस्थामा हेर्ने हो भने डिजेल १२ दिनका लागि, पेट्रोल जम्मा ७ दिनका लागि तथा हवाई इन्धन २४ दिनका लागि मात्रै पुग्ने क्षमतामा छन् । पोखरामा भण्डारण क्षमता सुरु भएको छ । बिराटनगरमा पनि सम्पन्न भएको छ । त्यसैगरी सुर्खेत र धनगढीमा पनि भण्डारण क्षमता सुरु गर्ने तयारी छ । भैरहवाको भण्डारण डिपो सार्नु पर्ने अबस्थामा छ । सिनामंगलको डिपो धेरै पुरानो र सानो आकारको भइसकेको छ, यसलाई पनि स्थानान्तरण गर्नुपर्ने अबस्था छ ।

यसबाहेक दुर्गम पहाडी भेगमा पनि हामीले पेट्रोलीयम पदार्थका पम्पहरु नभएका ठाउँमा पेट्रोलीयम पदार्थ आपूर्तीमा सहज होस भनेर केही पम्पहरु थप्ने तयारी गरेका छौं । यी परियोजनाहरु अघि सारीएका छन् ।

आगामी दिनमा पेट्रोलीयम पदार्थको वितरणमा समस्याहरु आउँदैनन् भन्ने आधार के-के छन् ?

केहि समय अघिसम्म बाटोमा लामो समय लाग्ने हुँदा कहिले पहिरोले बाटो बन्द हुने, कहिले बाटोमै गाडि विग्रने जस्ता कार्यले आपूर्तिमा ढिलाई हुन्थ्यो। तर, अहिले अवस्था त्यस्तो छैन ।पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात हुन थालेपछि यो निकै सहज भएको छ । हामीले हवाइ इन्धनका लागि र खाना पकाउने एलपीजी ग्यासका लागि पनि पाइपलाइन बनाउँदै छौँ । अमलेखगंजदेखि चितवनसम्मको पाइलाइन र सिलगुढीदेखि झापासम्मको पाइपलाइनको कार्य सम्पन्न भएपछि हवाई इन्धन र एलपीजी ग्यासमा पूर्वाधारको अभाव पनि समाधान हुनेछ । हवाई इन्धनका लागि चितवनमा भण्डारण गर्ने योजना अनुसार काम अघि बढिसकेको अवस्था छ । अहिले एलपीजी भारतबाट करीब ६ सय बुलेट मार्फत ल्याएको अवस्था छ । यसलाई मध्यनजर गरेर सर्लाहीमा भण्डारण गृह र पाइपलाइनको कार्य अन्तिम चरणमा छ। हामीले एलपीजी ग्यास पनि सहजताका साथ आपूर्ति गर्ने कार्य अघि बढाइरहेका छौँ। तसर्थ निकट भविष्यमै उपभोक्ताका समस्या समधान हुन्छन्, वितरणमा समस्या आउँदैन ।

दैलेखमा भेटिएको मिथेन ग्यास उत्खननको जिम्मेवारी निजी कम्पनीलाई दिने भन्ने छ, आयल निगमले संचालन गर्न सक्ने अवस्था के छ ?

दैलेखमा ग्यासको मिथेन ग्यासको ‘भण्डारण’ जुन छ, त्यसको उत्खननकोण जिम्मा निजि कम्पनीलिई दिने भन्ने बिषयमा हामी सहमत छैनौँ । नेपाल सरकारकै पूर्ण स्वामित्व रहेको सँस्था हुँदाहुँदै अन्य कम्पनीलाई यसको जिम्मा दिनु मनासिव पनि हुँदैन । त्यसैले यो काम आयल निगमले नै गर्नुपर्छ भनेर हामीले पहल गरिरहेका छौँ। हामीसँग योग्य तथा दक्ष जनशक्ति एवं पर्याप्त स्रोत साधन छन् । तिनै स्रोत साधनको प्रयोग गरी दैलेखमा भण्डारण भएको मिथेन ग्यासको उत्खनन सहज ढंगबाट गर्न सकिने अवस्था छ। यसमा पक्कै पनि नेपाल सरकारले ध्यान पुर्याउँछ भन्नेमा हामी आशावादी छौँ।

त्यसो त मिथेन ग्यास हामीले मलको रुपमा पनि प्रयोग गर्न सक्छौँ । त्यसलाई पाइपलाइन मार्फत घरघरमा लैजान पनि सक्छौँ । अहिले हाम्रो देशमा मलको अभाव हुने र किसानले मल नपाउने अबस्था छ । नेपालमा आबश्यक मल कारखानाका लागि कच्चा पदार्थको रुपमा दैलेखको ग्यासलाई प्रयोग गर्न सक्छौं । यदी सरकारले जिम्मेवारी दिएको अबस्थामा आमीले त्यसलाई विभिन्न क्षेत्रमा प्रयोग गरेर नीजि क्षेत्र र विदेशीलाई पनि पार्टनरसिपमा ल्याएर काम गर्न सक्छौं । नेतृत्व पाएको खण्डमा नेपाल आयल निगम यो कार्यमा अवश्य सफल हुनेछ ।

पेट्रोलीयम पदार्थको मुल्य घट्दा त खासै समस्या हुन् तर बृद्धिको अवस्थामा भने निकै विवाद आइरहन्छ नि ?

पेट्रोलीयम पदार्थको मूल्यबृद्धि तथा यसबाट उपभोक्तामा परेको समस्यालाई मध्यनजर गर्दै हामीले स्वचालीत प्रकृया सुरु गरेका छौं । हामीले स्वचालीत मूल्यबृद्धि प्रणलीको कार्यविधि जुन बनाएका छौं, यसले धेरै कुरालाई सहज बनाएको छ। मैले नेतृत्व सम्हालेपछि १५-१५ दिनको अन्तरमा अन्तर्राष्यि मापदण्डका आधारमा मूल्य निर्धारण गर्दै आएका छौँ । यस किसिमको व्यवस्थापनबाट वितरण प्रकृया पारदर्शी हुनेभएकोले अपजसहरु खासै आउँदैन भन्ने लाग्छ । हामीले पारदर्शी किसिमबाट मूल्य निर्धारण गरेका छौँ । यसमा उपभोक्ताहरुलाई पनि सहज हुन्छ ।

पेट्रोलीयम पदार्थमा चुहावट तथा मिसावटका कुरा पनि पटकपटक आइरहन्छन् नि ?

पेट्रोलीयम पदार्थमा चुहावट तथा मिसावट गरिन्छ भन्ने गुनासो नआएको भने होइन, केहि समय अघि यो अली बढी नो थियो । तर, यसमा हामीले पारदर्शी रुपमा व्यापार गरीरहेका छौँ। आयल निगमका डीपोमा फ्यूल मिटर जडान गरिसेको अवस्थाले ट्रोलीयम पदार्थमा पारदर्शीता छ भन्ने देखाउँछ। अहिले कोहि- कसैले छल्न सक्ने झुक्याएर कम परिणाम बिक्री वितरण गर्न सक्ने अवस्था छैन । थानकोट, भैरहवा, अमलेखगंजमा पनि यो कार्य सुरु भइसकेको छ, जसकारण अटोसिनको प्रयोग पछि उपभोक्ताले उठाएका हरेक कुरा सम्बोधन हुनेछन् । हामीले कहिल्यै पनि उपभोक्ताको गुनासो आउने ठाउँ राख्ने छैनौँ । सिस्टम र पारदर्शीका लागि हामी निरन्तर लागिरहेका छौँ। यसमा कार्यविधि नै बनाएर हामीले अनुगमन गर्नेदेखि सबै कार्यहरु गरीरहेका छौँ । जसले गर्दा अबका दिनमा त्यस किसमिको अपजस आउने ठाउँ रहन्न भन्नेमा हामी विश्वस्त छौँ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार १२:११   :  बजे

873
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।