Logo

प्रमुख समाचार

भेटे प्रचण्डले रवि, भने: दुब्लाउनु भएछ



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् ।

उनले बुधबार नख्खु कारागारमा भेट गरेका हुन् । उनले आफ्नो मन्त्रिपरिषद्मा दुईपटक गृहमन्त्री भएकाल लामिछानेको अभिभावको हैसियले अवस्था बुझ्न गएको बताए ।

भैरहवामा नै हुँदा भेट्न खोजे पनि परिस्थिति नमिलेको सुनाए । भेटपछि प्रचण्डले रबि दुब्लाएको सुनाए ।

“भैरहवा बस्दाको अवस्था निकै जटिल उहाँको अनुहारमा पनि देखिन्छ त्यो । दुब्लाउनुभएछ ।

भैरहवामा झन्डै गोलघरमा नै राखियो, ठूलो पीडामा थिएँ भन्नुभयो ।” यहाँ आएपछि बसाइँ राम्रो भएको रविले सुनाएको प्रचण्डले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार २०:०८   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।