Logo

प्रमुख समाचार

प्राइम सीएका विद्यार्थी पुनः नेपाल टपर



काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)ले २०२५ जुनमा लिएको सीए प्रथम तहको परीक्षामा प्राइम सीएका विद्यार्थी प्रशेन्जित शाक्य नेपाल टपर भएका छन् ।

शाक्यले ८९.६७ प्रतिशत अंकसहित टपर भएका हुन् । यसअघिको रिजल्टमा पनि प्राइमकै विद्यार्थी सौगात श्रेष्ठले सीएको प्रथम तहमा ९३.६७६ अंक ल्याइ नेपाल टपर भएका थिए ।

देश तथा विदेशमा रोजगारीको प्रचुर सम्भावना भएको सीए गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले सन् २००४ मा स्थापित यो संस्थाले २१औँ वर्ष पूरा गरेको छ ।

प्राइमले सीएको सबै तहमा पटक पटक नेपाल टपर भई हालसम्म ५२ पटक नेपाल टपरको उपाधि हासिल गरेको छ ।

हालसम्म यस संस्थामा सीएको परीक्षा तयारी कक्षा लिएर एक हजार १०० बढी विद्यार्थी चार्टर्ड एकाउन्टेन्ट बनेका छन् ।

सीए अध्ययन गर्न चाहने विद्यार्थीहरूको सहजताको लागि हाल नयाँ बानेश्वर, लगनखेल र सुकेधारामा आफ्नो शाखा विस्तार गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार २१:५६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।