काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर जोडिएको संस्थामा बालमन्दिरबाट पठाइएका ५ जना बालबालिकाबारे प्रहरीले चासो देखएको छ ।
राना मगर उपसभामुख बन्नुभन्दा पहिले नै २०७२ कार्तिकमा ‘पीए नेपाल’ नामको संस्थामा बालगृहले पठाएको बालबालिका नफर्केको घटना सार्वजनिक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले त्यसबारे चासो राखेको हो ।
इन्दिरा रानामगर अध्यक्ष रहेको ‘पीए नेपाल ’ले सिफलस्थित बालगृहबाट पाँच बालबालिका लगेर र उनीहरू नफर्केको घटना सञ्चारमाध्यममा सार्वजनिक भएपछि त्यसबारे सीआईबी मातहतको मानव बेचबिखन ब्युरोले तथ्यबारे चासो राखेको हो ।
घटना के हो भनेर मानव बेचबिखन ब्युरोलाई बुझ्नु भनिएको सीआईबीका प्रमुख (एआईजी) चन्द्र कुवेर खापुङले बताए । उनले भने, ‘तथ्य के हो भनेर बुझ्न खोजिएको हो ।’




















प्रतिक्रिया