काठमाडौं । आन्दोलनरत अखिल क्रान्तिकारी र त्रिभुवन विश्वविद्यालय (त्रिवि)बीच चारबुँदे सहमति भएको छ । आज अखिल क्रान्तिकारी र त्रिविबीच चारवटा विभागको शुल्क घटाउनेसहित चार बुँदामा सहमति भएको हो ।
सहमतिसँगै अखिल क्रान्तिकारीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।
सहमतिअनुसार, मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययन केन्द्रीय विभागको शुल्क घटाइएको छ ।
अहिले लिइँदै आएको शुल्कलाई घटाएर एक लाख १० हजार रुपैयाँ कायम गरिने सहमति भएको छ । नयाँ शुल्क दोस्रो सेमेस्टरबाटै लागु हुनेछ ।
यस्तै, त्रिविको नियमअनुसार विद्यार्थीहरूलाई प्रदान गरिने छात्रवृत्तिको व्यवस्था कार्यान्वयन गरिने सहमतिपत्रमा उल्लेख छ ।
यस्तै, केन्द्रीय विभागमा आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरिने पनि सहमति भएको छ ।





















प्रतिक्रिया