Logo

प्रमुख समाचार

कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना



काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघले पहिलो चरणको आन्दोलन अन्तर्गत बुधबार नेपाली कांग्रेसको सानेपा पार्टी कार्यालयमा धर्ना दिएको छ । महासंघले ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।

महासंघकाअनुसार बिहीबार एमालेको च्यासल कार्यालय र शुक्रबार माओवादी केन्द्रको पेरिसडाँडा कार्यालयमा पनि धर्ना दिइनेछ ।

महासंघले २०७५ देखि २०८२ सम्म सरकारसँग भएका सहमति कार्यान्वयन नभएको, मन्त्रीपरिषद्ले पारित गरेका ९ बुँदा अझै लागू नभएको, र संसदको समितिबाट पास भएको विधेयक पुराना सहमति विपरीत भएको गुनासो गरेको छ ।

शिक्षक सेवा सुरक्षित गर्न, स्थायी पदपूर्ति आन्तरिक ७५ प्रतिशत कायम गर्न, अस्थायी शिक्षकको सेवा अवधि गणना गर्न, बढुवा प्रणाली ल्याउन, वेतन र पद सुनिश्चित गर्न, र काउन्सिल/परीक्षा बोर्डमा प्रतिनिधित्व सुनिश्चित गर्न महासंघले माग राखेको  छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार १३:०२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।