Logo

राजनीति

रास्वपा नेता पाँडेविरुद्ध मुद्दा दर्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा. अरनिको पाँडेविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पाँडेको बयान सुरु भएको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि पुर्पक्षका लागि कारागार पठाउने वा साधारण तारेख तथा धरौटीमा छाड्ने मध्ये एक आदेश आउने छ । सम्भवत आजै थुनछेक बहस सकिने सम्भावना रहेको छ ।

बुधबार साँझ पाँडेलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार १२:३३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।