Logo

प्रमुख समाचार

डा. गोविन्द केसीले गेटा मेडिकल कलेजबाट तीन दिने सत्याग्रह सुरु



काठमाडौं । प्रा.डा. गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोधमा धनगढीस्थित गेटा मेडिकल कलेजबाट तीन दिने सत्याग्रह सुरु गरेका छन् ।

पत्रकार सम्मेलनमार्फत डा. केसीले निजी कलेजलाई सिट बढाउँदा शिक्षाको गुणस्तर खस्किने र आम जनताको स्वास्थ्यमा असर पर्ने बताए ।

उनले सरकार र चिकित्सा शिक्षा आयोगका निर्णयहरूले शिक्षा–स्वास्थ्य प्रणालीलाई धरापमा पारेको आरोप लगाए । डा. केसीले सिट वृद्धि फिर्ता, गेटा, इलाम, डडेलधुरा र उदयपुरमा सरकारी मेडिकल कलेज सञ्चालन, अघिल्ला सम्झौता कार्यान्वयन जस्ता माग अघि सारेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार १३:३५   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।