काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) भित्र बढ्दो असमझदारीबीच झलनाथ खनाल र घनश्याम भुसाल निकट नेताहरू छुट्टै छलफलमा जुटेका छन् ।
नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा बसेको अनौपचारिक बैठकमा पार्टीको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकका एजेन्डा तय गर्ने विषयमा छलफल भएको हो ।
बैठकमा स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य लक्ष्मण लम्साल, नरेशकुमार शाही, केन्द्रीय सदस्य सुशील भट्टराई र मनाकुमारी साउदलगायत सहभागी छन।




















प्रतिक्रिया