Logo

प्रमुख समाचार

उम्मेदवार चयनमा पार्टी सभापति रवि लामिछानेले हस्तक्षेप नगरेको डीपी अर्यालको दाबी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्याललले रुपन्देही ३ मा प्राइमरी इलेक्सनमार्फत गरिएको उम्मेदवार चयन स्वच्छ र विधिसम्मत भएको बताएका छन् ।

कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेले यसमा कुनै पनि हस्तक्षेप नगरेको उनको दावी छ ।

आज आयोजित पत्रकार सम्मेलनमा डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गर्दै अर्यालले यस्तो दावी गरेका हुन् ।

आज आफु सभापतिलाई भेट्न कारागार गएको भए पनि फलानोलाई उठाउने भनेर कुनै सल्लाह नभएको उनले बताए ।

अर्यालले भने, ‘हाम्रो सचिवालय वैठकले उम्मेदवारबारे निर्णय गरेको हो । सभापतिज्यूले यदि कारागारमा टेलिभिजन छ भने टिभी हेरेर थाहा पाउनुहुन्छ ।’

उम्मेदवारी दर्ता गर्न जाँदा ९ जना आकांक्षीहरु नै सँगै गएको हेर्न पाउँ भनेर सभापतिले चाहना व्यक्त गरेको अर्यालले बताए ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार २०:३५   :  बजे

204
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।