Logo

प्रमुख समाचार

संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजकमा डा.धवलशम्शेर



काठमाडाैं । संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक धवलशम्शेर राणालाई दिइएको छ । समितिका संयोजक नवराज सुवेदीले आफू देश बाहिर जानुपर्ने भन्दै राप्रपा महामन्त्री राणालाई कार्यवाहक संयोजकको जिम्मेवारी दिएका हुन् ।

धवल शम्शेर ‘संयुक्त जनआन्दोलन समिति’ मा आन्दोलन परिचालन समितिका संयोजक पनि छन् ।

समितिको कार्य सञ्चालनका लागि सुवेदीले डा. राणालाई अधिकार दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘म केही समय देश बाहिर हुनेछु । म देश बाहिर रहुन्जेल, मेरो अनुपस्थितिमा मैले गर्दै आएको सम्पूर्ण जिम्मेवारी कार्यवाहक संयोजकको रुपमा निर्वाह गर्न आन्दोलन परिचालन समितिका संयोजक मा. डा. धवलशम्सेर राणालाई अख्तियारी दिएको छु’, सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 

 

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार ११:२४   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।