Logo

प्रमुख समाचार

संघीय संसद अन्तर्गत राज्य व्यवस्थासहित दुईवटा समितिको बैठक बस्दै



संघीय संसद अन्तर्गत विभिन्न दुईवटा संसदीय समितिका बैठक बस्दै छन् । सोमबार विधायन व्यवस्थापन समिति र राज्य व्यवस्था तथा सुशासन समितिका बैठक बस्न लागेका हुन् ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे बस्दैछ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको हालसम्मको कामकारबाहीको समीक्षा गरिनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलवार ०७:०४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।