काठमाडौं । निजामती विधेयकमा उमेरहदसम्बन्धी राखेको अडानबाट सरकार पछि हटेको छ । सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले यसअघि समितिको बैठकमै उमेरहदका विषयमा अडान राखेकी थिइन् ।
तर उनको अडान अल्पमतमा पर्ने निश्चितपछि आज समितिको बैठकमा उनले व्यक्तिगत स्वार्थ र लाभ केही नभएको बताउँदै अडानबाट पछि हटेको जानकारी गराएकी थिइन् ।
प्रतिनिधि सभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाशको उमेरहद लागू हुने प्रावधान पास गरेर पठाएको थियो । यसलाई सदर गरेर जाने निर्णय मन्त्री न्यौपानेको अभिव्यक्तिसँगै निजामती विधेयकमा परेको गाँठो फुकेको छ ।
समिति बैठकमा उनले भनिन्, ‘हिजो आजसम्मको समय मागेको थिएँ । प्रधानमन्त्री देशमा हुनुहुन्न । बहुमत–अल्पमतको टुंगो लगाउने पक्षमा छैन । अहिलेलाई जसरी प्रतिवेदन पठाएको छ । त्यसलाई नै आतत्मसाथ गरेर जाऔं ।’
अब प्रतिनिधि सभाले पठाएको उमेरहद सम्बन्धी व्यवस्था कायम हुने भएको छ ।




















प्रतिक्रिया