काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले गेटा मेडिकल कलेजमा उपचाररत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर अनशन तोडेका छन् । गत आइतबारदेखि अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार दिउँसो २ बजे अनशन तोडिएको हो ।
उनका सहयोगी डा. अमृत जैसीकाअनुसार केसीको मुटु चालमा गडबडी, मांसपेशी दुख्नेजस्ता समस्या देखिएको थियो ।
डा. केसीले निजी मेडिकल कलेजमा सिट वृद्धिको विरोधमा सत्याग्रह गरेका थिए । उनका अनुसार गुणस्तरहीन कलेजलाई सिट दिनु स्वास्थ्य शिक्षाको क्षति हो । उनले सिट वृद्धि फिर्ता गर्न, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्न, गेटा अस्पताल सञ्चालन गर्न र अघिल्ला सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।





















प्रतिक्रिया