काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले आफ्नो ‘डिप फेक’ अडिओ बनाएको भन्दै साइबर ब्युरोमा निवेदन दर्ता गरेका छन् । बुधबार दिउँसो वाग्ले भोटाहिटीस्थित ब्युरो पुगेर निवेदन दर्ता गरेका हुन् ।
ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले निवेदन दर्ता भएको बताए ।
नेपाल–भारत सम्बन्ध, सीमा समस्यामा वाग्लेको अभिव्यक्ति भन्दै विभिन्न भिडिओ र टेक्स्ट सामग्री सामाजिक सञ्जालमा राखिएको थियो। वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेको जस्तो बनाइएको थियो।




















प्रतिक्रिया