Logo

प्रमुख समाचार

०८४ मा एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई एकल बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरेका छन् । शुक्रबार सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

ओलीले २०८४ सालको निर्वाचनमा एमालेले सरकारमै रहेर निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण चुनाव सुनिश्चित गर्ने स्पष्ट संकेत दिए । “हामी सरकारमा छौं, अब कोही पनि धाँधली गर्न सक्दैन,” उनले भने, “धाँधली हुन दिँदैनौं, रोक्छौं।”

उनले जनताको बीचमा सक्रिय भएर गएमा एमालेले एकल बहुमत सहजै ल्याउने दाबी गर्दै नेता–कार्यकर्तालाई अझ संगठित रूपमा अगाडि बढ्न निर्देशन दिए ।

 

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार १४:१४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।