काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कुन भीपीएनबाट फेसबुकमा पोस्ट गरेको भन्दै प्रश्न गरेका छन् ।
देउवाले शनिबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापना दिवस र रकम पूजा कार्यक्रमलाई सम्बोधन गरेको भन्दै तस्बिरहरु पोस्ट गरेका थिए ।
उक्त पोस्टमा बालेनले लेखेका छन्, ‘यो पोस्ट कुन भीपीएनबाट हो । नेपाली हो कि विदेशी । साह्रै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त ।’
यसैबिच, कांग्रेसले सर्वोच्च अदालतको परमादेशको अवहेलना नहुने गरी कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने बताएको छ ।




















प्रतिक्रिया