Logo

प्रमुख समाचार

४५ वर्षपछि फरार प्रतिवादी पक्राउ



काठमाडौं । २०३७ सालमा सिन्धुपाल्चोकमा भएको कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी करिब ४५ वर्षपछि पक्राउ परेका छन् ।

सिन्धुपाल्चोको साविक माङ्खा गाविस वडा नं ७ मा २०३७ मङ्सिर ७ गते जितबहादुर तामाङलाई आँखामा खुर्सानीको धुलो छर्की कुटपिट तथा खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा फरार रहेका बलेफी गाउँपालिका–६ का ७० वर्षीय जिवनाथ तिमिल्सिनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौं महानगरपालिका–१३, ताहाचलबाट आइतबार पक्राउ गरेको हो ।

उक्त घटनामा सर्वोच्च अदालतले तिमिल्सिनालाई २० वर्ष कैद सजाय तोकेको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको र कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरिएको ब्यूरोका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १९:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।