Logo

प्रमुख समाचार

जेनजीलाई आन्दोलन स्थगित गरी शान्ति सुव्यवस्था कायम गर्न सरकारको आग्रह



काठमाडौं । सरकारले जेनजी पुस्तालाई आन्दोलन स्थगित गरी शान्ति सुव्यवस्था कायम गर्न सहयोगका लागि आग्रह गरेको छ ।

आन्दोलनमा आफ्नो अभिष्ट पूरा गर्ने उद्देश्यकले घुसपैठ गरी सार्वजनिक सम्पत्ति तोडफोड गरी अराजक मच्चाउने तत्वको पहिचान गरीघटना छानबिन गर्न यथाशीघ्र समिति गठन गर्ने निर्णय पनि क्याविनेटले गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वी सुब्बागुरुङले आजको आनन्दोलनमा मृतक भएकाको श्रद्धाञ्जलीसहित परिवारजनमा समवेदना प्रकट गरेको बताए ।

मृतकका परिवारलाई राहत तथा घाइतेको सरकारले उपचारको व्यवस्था मिलाउने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार ००:५२   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।