Logo

प्रमुख समाचार

आगजनीमा संलग्न प्रमाण बाहिरिन थालेपछि रास्वपा नगर सभापति र इन्चार्जले पार्टी छाडे



काभ्रेपलाञ्चोक । पनौती नगरपालिकामा भएको आगजनी र तोडफोड घटनामा संलग्नताका प्रमाण सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नगर सभापति विवेक भट्टराई र इन्चार्ज सुदर्शन तिमल्सिनाले पार्टी परित्याग गरेका छन् ।

भदौ २४ गते पूर्व मेयर भीम न्यौपाने, उपमेयर गीता बन्जारा, कांग्रेस नेता शिव हुमागाईँ लगायतको घरमा आगजनी भएपछि ती घटनामा रास्वपा नेताहरूको संलग्नता देखिएको थियो ।

नगर सभापति भट्टराई पनौतीस्थित काठमाडौँ विश्वविद्यालय अन्तर्गतको कुप्स विद्यालयका स्थायी शिक्षक समेत हुन् । विद्यालयले भट्टराईको स्थायी नियुक्ति पुष्टि गरिसकेको छ ।

इन्चार्ज तिमल्सिनाले आन्दोलनमा देखिने तरिकाले सहभागी भएकै कारण दोषी ठहर्याइएको भन्दै आफू पार्टीबाट अलग भएको घोषणा गरेका छन् । उनले अब सात पुस्ताले राजनीति नगर्ने समेत बताएका छन्। साथै, आफूलाई खोज्दै हिँड्नेहरूबाट ज्यान असुरक्षा महसुस भएको गुनासो पनि गरेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १४:४३   :  बजे

252
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।