Logo

राजनीति

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको विघटनलाई पुनः असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्काले आइतबार विज्ञप्ति जारी गर्दै उक्त निर्णय संविधान र लोकतन्त्रको भावनामाथि कुठाराघात भएको बताएका हुन् ।

खड्काले जनताबाट निर्वाचित प्रतिनिधिमूलक संस्थाको विघटन संविधानविपरीत र सर्वोच्च अदालतका पूर्ववर्ती फैसलाको उल्टो भएको टिप्पणी गरेका छन् ।

उनले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको यथार्थ मूल्यांकन तत्काल सुरु गर्न र भदौ २३–२४ का घटनाबारे छानबिन प्रक्रिया अघि बढाउन सरकारलाई पुनः आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १६:४८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।