काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको विघटनलाई पुनः असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्काले आइतबार विज्ञप्ति जारी गर्दै उक्त निर्णय संविधान र लोकतन्त्रको भावनामाथि कुठाराघात भएको बताएका हुन् ।
खड्काले जनताबाट निर्वाचित प्रतिनिधिमूलक संस्थाको विघटन संविधानविपरीत र सर्वोच्च अदालतका पूर्ववर्ती फैसलाको उल्टो भएको टिप्पणी गरेका छन् ।
उनले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको यथार्थ मूल्यांकन तत्काल सुरु गर्न र भदौ २३–२४ का घटनाबारे छानबिन प्रक्रिया अघि बढाउन सरकारलाई पुनः आग्रह गरेका छन् ।





















प्रतिक्रिया