Logo

समाचार

जेनजी आन्दोलनमा मृत्यु भएकाको शव घर पुर्‍याउने व्यवस्था सरकारले गर्ने



काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव घर पुर्‍याउने वा काठमाडौंमै अन्त्येष्टि गर्ने व्यवस्था सरकारको तर्फबाट गरिने भएको छ । आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उक्त जानकारी दिएकी हुन् ।

नेपाल सरकारका सचिवहरूसँगको परिचयात्मक कार्यक्रममा प्रधानमन्त्री कार्कीले भनिन्, ‘पोस्टमार्टम सकिएका शव आफन्तले घर लैजान चाहे सरकार व्यवस्थापन गर्छ, यहीं दाहसंस्कार गर्न चाहनेका लागि पनि बाटो खुल्ला छ ।’

कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले आन्दोलनका क्रममा देशभर ७२ जनाको मृत्यु भएको जानकारी दिए । तीमध्ये ५९ जना प्रदर्शनकारी, ३ जना सुरक्षाकर्मी र १० जना कैदी रहेको उनले बताए ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १६:५८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।