Logo

राजनीति

एमाले नेता गोकुल बास्कोटाले- ‘छिटो तर सुविचारित ढंगले पार्टी पुनर्गठन गरौं’



काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीलाई शीघ्र तर सोचविचारपूर्वक पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। देशको पछिल्लो राजनीतिक परिवर्तनपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीलाई नयाँ ढाँचामा अघि बढाउन आग्रह गरेका हुन्।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि एमाले नेतृत्वको सरकार पतन भएको पृष्ठभूमिमा बास्कोटाले उक्त टिप्पणी गरेका हुन्। विशेषगरी जेनजी युवा आन्दोलन ले उब्जाएको जनदबाब र राजनीतिक अस्थिरता सन्दर्भमा उनले एमालेले तीव्र निर्णय लिनुपर्नेमा जोड दिएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौं ।’

राजनीतिक दलविना गणतन्त्र र गणतन्त्र विना समाज बाँच्दैन भन्दै बास्कोटाले लेखेका छन्, ‘समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्छ ।’

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १२:२१   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।